Techie IT
शनिबार, असोज ३,२०७७

तीन बर्षमा दर्जनौं क्षेत्रमा परिवर्तन र विकास ग-यो शुद्धोधन


पोसकान्त पोखरेल
बुटवल, भदौं ८

जननिर्वाचित जनप्रतिनिधी पाएसँगै सामान्य रुपमा रहेको रुपन्देहीको शुद्धोधन गाउँपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको गाउँपालिकाले पछिल्ला तीन बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्यसम्पादन गर्दै समृद्ध शुद्धोधनको लागिबाटो पहिल्याउँदै गएको छ । गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी ७० भन्दा बढी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताको लागि बेला बेलामा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गर्दै आएको छ ।

पर्यटकीय सम्भावना बोकेको दरबाह क्षेत्रको गुरुयोजना तयार गरी सोही अनुसार पर्यटकीय विकासको लागि भौतिक संरचना निर्माण, उद्यान निर्माण, ढुङ्गा सञ्चालन लगायतका कामहरु भैरहेको जानकारी गराउँदै अध्यक्ष चौधरीले व्यक्तिगत घटना विवरणहरु सबै वडा कार्यालयहरुबाट अनलाई प्रणालीबाट दर्ता गराउने कामको सुरुवात भई निरन्तर चलिरहेको बताए । चौधरीले भने– गाउँपालिकाका सबै आम्दानीहरु सफ्टवेयर मार्फत विद्युतीय माध्यमबाट राख्ने व्यवस्था मिलाएका छौं । पालिकाका सबै खर्चहरु नेपाल सरकारले तोकेको सुत्र प्रणालीबाट परिविष्ट गरेर मात्र खर्च गर्ने हुँदा आर्थिक पार्दशिताका लागि हामीलाई थप मद्दत पुगेको छ । भवन तथा घरलाई दीगो रुपमा टिकाउने प्रवन्धको लागि मापदण्ड बनाएर भवन निर्माण आचारसंहिता लागू गरी नक्सा पास गरेर मात्र निर्माण गर्ने व्यवस्थाको सुरुवात भएको छ । गाउँपालिकाको प्रमुख प्रशासनिक भवन, बहुउद्देश्यीय सभाहल निर्माण, १ र ४ नम्बर सम्मका वडा कार्यालयहरुको भवन निर्माणको काम अन्तिम चरणको पुग्नुको साथै ३ नं. वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य क्षेत्रमा पहुँच बृद्धि र प्रभावकारी सेवा प्रवाहको लागि औषधी अभाव नहुने गरी आवश्यक व्यवस्था, वार्ड नं. १ र ३ मा स्वास्थ्य चौकीको भवन निर्माण कार्य चालु आर्थिक बर्षभित्र सम्पन्न गरी काम सुरु भैसकेको छ ।

वडा नं. ३ मा खोप केन्द्रको भवन निर्माण कार्य प्रारम्भ भएको जनाकारी गराउँदै अध्यक्ष चौधरीले सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिको लागि गाउँपालिका र प्र.अ. बिच कार्यसम्पादन करार गरिएको जानकारी गराए । बसपार्क निर्माणका लागि वडा नं. ७ मा ठेक्का प्रक्रिया भैसकेको जानकारी बताउँदै चौधरीले वडा नं. २ लाई रुपन्देही जिल्लामै पहिलो बालमैत्री वडा घोषणा गरी उक्त वार्डमा बालउद्यान निर्माणको काम सुरु भएको बताए । मधेशी समुदायहरुमा बढ्दो बालबिवाह रोक्न अभियान सञ्चालन गरी योजनाबद्ध रुपले लागेको बताउँदै चौधरीले उक्त अभियान अन्र्तगत वडा नं. ५ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको बताए ।

योजना र जिन्सी प्रणालीलाई सफ्टवेयर मार्फत व्यवस्थित गरेको जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले स्थानीय विकास कोष मार्फत सञ्चालन हुने कार्यक्रम सात वटै वार्डहरुमा विस्तार गरेको बताए । मरासिनीले वार्ड नं. ४ र ५ मा पर्ने सुखली घोला (दरबाह घोला) सरसफाई गरी घोलाको दायाँबाँया सार्वजनिक जग्गा अतिक्रमण हटाई सडक निर्माणको रेखाङ्कन गरिसकेका छौं । कर्मचारीलाई निर्धारित समयमै उपस्थितीको गराउन विद्युतीय हाजिरी व्यवस्था र दु्रत सेवा प्रवाहको लागि सीसीटिभीबाट निगरानी गरेर सकेसम्म जनतालाई धेरैबेर बस्न नपर्ने गरी आवश्यक वातावरण सृजना गरेको बताए ।

व्यावसायीक कृषि मार्फत कृषि क्षेत्रको विकासको गर्र्न खेती गर्ने कृषकलाई सिंचाईको लागि डिमाण्ड चार्ज गाउँपालिकाले भुक्तानी गर्न गरेको बताउँदै मरासिनीले गाउँपालिकाका पशुपंक्षीहरुलाई निशुल्क खोपको व्यवस्था, निशुल्क घाँसको विउ वितरण, ५० प्रतिशत अनुदानमा गहुँ, तोरी, मसुरो र च्याउको विउ वितरण, खोर र गोठ सुधारका कार्यक्रमहरु निरन्तरता, वडा नं. ४ मा कृषि उपजकेन्द्रको भवन निर्माण गर्नुका साथै वडा नं. १ मा कृषि बजारको लागि तरकारी संकलन केन्द्रको स्थापना गरेको जानकारी गराए ।

तीन बर्षमा आवश्यक २९ वटा ऐन, कानून र कार्यबिधी निर्माण गरेको जानकारी गराउँदै मरासिनीले गाउँपालिका भित्र जन्मने बालबच्चाको लागि ३५ दिन भित्र जन्मदर्ता गराएमा जन्मदर्ता सँगै दुई हजार रुपैयाँ नगद बालबालिका जन्म प्रोत्साहन कार्यक्रम २०७५÷७६ निरन्तर दिने व्यवस्था गरिएको बताए । मरासिनीले भने– गाउँपालिकाका स्वास्थ्य संस्था, वडा कार्यालयहरुमा आवश्यक कर्मचारीहरु व्यवस्थापन गरी सेवा प्रवाह भएको र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको दरबन्दी तथा काम, कर्तव्य र जिम्मेवारीको व्यवस्था मिलाएका छौं । सडक कालोपत्रे, नाली निर्माण, सडक ग्राभेल, सामुदायिक भवनहरु निर्माण, आवश्यकताका आधारमा विद्यालयका कक्षा कोठाहरु थप गर्ने, सार्वजनिक स्थान तथा शैक्षिक संस्थाहरुमा शौचालय निर्माण गर्ने लगायतका विकास निर्माण र परिवर्तन सम्बन्धी साना तथा ठुला देखिने र नदेखिने धेरै कामहरु भएको दाबी गरे । आर्थिक राष्ट्रिय दैनिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #samachar

तपाईको कमेन्ट लेख्नुहोस्