Techie IT
मंगलबार, असोज १३,२०७७

अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ


काठमाडौं,भदौ ८
विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध नेपाली काँग्रेससँग आस्थावान व्यक्तिहरुको भेलाले सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ कास्की जिल्ला तदर्थ समिति गठन गरेको छ । महासंघको विधान बमोजिम गठित समितिको सहसंयोजकमा अञ्जु बराल अधिकारी, सचिवमा क्षेत्रबहादुर बराल क्षेत्री, सहसचिवमा मानकुमारी बराल, कोषाध्यक्षमा छत्रधर आत्रेय र प्रवक्ता सचिन रानाभाट हुनुहुन्छ । समितिमा कास्कीका पाँचवटै स्थानीय तहको प्रतिनिधित्व छ ।

त्यस्तै सदस्यमा सुरेश श्रेष्ठ, अर्जुन गुरुङ, केशरीरमण न्यौपाने, कोपिला तिवारी, टीकाराम लम्साल, दुर्गाराज रेग्मी, प्रमोद कोइराला, भुला के.सी., ई.भृगुराज भट्टराई र भोलानाथ पौडेल, महेशकुमार सिग्देल, मोहदत्त पोख्रेल, यानी परियार, रविरमण तिवारी, लोकचन्द्र खनाल, विशाल गुरुङ, विष्णु गुरुङ, वेदहरि तिमिल्सिना, सञ्जीव पौडेल र आमन्त्रित सदस्यमा शिवप्रसाद बाँस्तोला हुनुहुन्छ । समितिका सल्लाहकारमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर के.सी. प्रा.डा. कुसुमाकर न्यौपाने, डा. यमनाथ तिमिल्सेना, डा. अजय थापा, डा. वीरबहादुर कार्की र कानूनी सल्लाहकारमा फणिन्द्रराज कोइरालालाई चयन गरिएको छ । महासंघले नेपाली काँग्रेसको संगठनलाई मजबुत र एकतावद्ध बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने संयोजक अधिकारीले बताउनुभयो ।रासस


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्