Techie IT
आईतबार, कात्तिक ९,२०७७

अवैध लागु औषध अफिमको कारोवार गर्नेव्यक्तिहरु पक्राउ


काठमाडौं, भदौ ८

लागू पदार्थको ओसारपसारमा संलग्न रहेको आशंंकामा महानगरिय प्रहरीको विशेष अनुसन्धान टोलीले लागूऔषदसहित काठमाडौं जिल्ला तारकेश्वर न.पा. ४ शेषमतिबाट दुइ जनालाई पक्राउ गरेको छ ।

जाजरकोटको त्रिवेणी नगरपालिका वडा नं.९ स्थायी घर भइ हा का.जि. तारकेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को दिलिप विश्वकर्मा र दोलखाको भिमेश्वर न.पा.वडा नं. ६ स्थायी घर भइ हाल तारकेश्वर न.पा. वडा नं.४ बस्ने पर्मिला राउतले तारकेश्वर न.पा. वडा नं. ४ शेषमति पुलनजिक शंकास्मद रुपमा कालो भिर्ने झोला बोकी हिडेकोमा दिलिप विश्वकर्माले बोकेको झोलामा खानतलासी गर्दा झोलाभित्र ६ के.जी. ५०० ग्राम खैरो अफिम जस्तो देखिने पदार्थ सहित महानगरिय प्रहरीको विशेष टोलीले पक्राउो गरेको हो ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले थप अनुसन्धानको लागि महानगरिय प्रहरी प्रभागमा पठाइएको जानकारी प्रहरी प्रवत्ता तथा नेपाल प्रहरीका सुचना अधिकृत इश्वर कार्कीले दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्