Techie IT
सोमबार, कात्तिक ३,२०७७

नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, ३२ हजार ६ सय ७८ पुगे संक्रमित !


काठमाडौ,भदौ ८
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सोमबार थप ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा एक सय ७७ , ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी काठमाडौं उपत्यकामा थप दुई सय २४ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङख्या ३२ हजार ६ सय ७८ पुगेको छ । विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। अहिले देशभरि १३,७१५ जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए।

अहिले देशभरि क्वारन्टीनमा ११,२७५ जना छन्। नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्