Techie IT
शनिबार, मंसीर १३,२०७७

सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरू पक्राउ


काठमाडौं,साउन ८

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट माडर सिरहामा कार्यरतसशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेश कुमार यादव,मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन् ।गत असार १६ गते सिरहा नगरपालिका-१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका-३ घर भई सिरहा नगरपालिका-१७ स्थित उक्त आउटपोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए ।

उक्त घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका-३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई कर्तव्य गरी मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूउपर थप अनुसन्धन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्