मृत अवस्थामा फेला

काठमाडौं, भदौ ८
पर्साको ठोरी गाउँपालिका-१ तीनघरे बस्ने ५५ बर्षीय सन्तु लोप्चन सोही ठाउँस्थित सरस्वती खोलाको दोभानमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
गत विहीबार घरबाट हिँडेका उनी नफर्किएपछि उनका आफन्तले खोजी गर्नेक्रममा उक्त दोभानमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्