Techie IT
बिहीबार, कात्तिक १३,२०७७

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु


काठमाडौं, भदौ ८

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.७ ख ५१०४ नम्बरको टिपरले ना.२४ प ४७०० नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय बल बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय दिपक लामाको बयोधा अस्पताल बीरगंजमा उपचार भईरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-७ बनगाईस्थित सडकमा लु.१ च ५७९६ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीया लक्ष्मी देवी कोईरालाको आइतबार दिउँसो मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको सामुदायिक अस्पताल जितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्