कुटपिट गरेको अभियोगमा पक्राउ

काठमाडौं, भदौ ८
मादक पदार्थ सेवन गरी महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-६ फुलडाँडा बस्ने ३२ बर्षीय झिल्के भन्ने टक बहादुर गोतामेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले गोतामेले मादक पदार्थ सेवन गरी सोही गाउँपालिका-६ पाखापानी औला बस्ने २९ बर्षीया कल्पना बिकलाई ढुङ्गा प्रहार गरी घाइते बनाएका थिए । घाइते बिकको बेनी अस्पतालमा उपचार भईरहेको छ । यस समबन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्