Techie IT
बुधबार, असोज ७,२०७७

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


काठमाडौं, भदौ ८

काठमाडौंको काठमाडौं महानगरपालिका-१४ बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा तास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका-११ घर भई हाल सोही महानगरपालिका-१४ बल्खु बस्ने ३१ वर्षीय कुमार गुरुङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ४ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्