Techie IT
बुधबार, कात्तिक १२,२०७७

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद


काठमाडौं, भदौ ८

सुनसरी, धरान उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय प्रतिक दाहाललाई नियन्त्रित लागू औषध २२ एम्पुल डाईजेल्याव, २२ एम्पुल फेनारगन र २२ एम्पुल लुप्रिजेसिक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दाहालले आफ्नो घरको कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-६ फडानी चौरीबाट करिब २ केजी लागूऔषध गाँजासहित सोही गाउँपालिका(-५ बस्ने २३ वर्षीय भरत राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका-४ बस्ने ३८ वर्षीय रामजान अली बागवानलाई करिब ३ केजी ५ सय ग्राम चरेस सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

बागवानले आफ्नै घरमा लागूऔषध चरेस लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१४ दुधौरा खोलाको खैरघारीबाट करिब ४ केजी ५ सय ग्राम लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१० बेहरा बस्ने ४२ वर्षीय राज नाथ दास र सोही उपमहानगरपालिका(८ बस्ने ५१ वर्षीय सत्य नारायण महरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बारा, देवताल गाउँपालिका-२ स्थितबाट करिब १० केजी लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ ४ जना अपरिचित व्यक्तिले प्लाष्टिकको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा खोली हेर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्