Techie IT
मंगलबार, कात्तिक ४,२०७७

प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा पक्राउ


काठमाडौं, भदौ ८

काठमाडौं, प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान गाउँपालिका-८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार बिक लागायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथी नै हातपात र ढुङ्गा प्रहार गरी लखेटी रहेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।

सोलुखुम्बु, प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-६ बस्ने २५ वर्षीय बिजय मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दुधकुण्ड नगरपालिका-११ रमिते बजारस्थित अस्थाई प्रहरी पोष्ट रमितेबाट खटिएको प्रहरीलाई रमिते बजारको होटलमा मादक पदार्थ सेवन गरी हो(हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा युनिर्फम तानी सिठी कर्ड समेत चुडाई लडाई लात्ती, रक्सीको बोतल र क्यान बियरले प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्