Techie IT
आईतबार, असोज ४,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं, भदौ ८

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(४ घर भई हाल रामधुनी नगरपालिका-५ झुम्कामा आयुवेर्दिक औषधी व्यवसाय गरी बस्ने ४६ वर्षीय मोहम्मद ईर्साद आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आलमले ती किशोरीलाई गत साउन २६ गते जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सप्तरी, २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका-१० बस्ने १९ वर्षीय फुल कुमार रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कंचनरुप नगरपालिका-६ स्थित धार्मिक सामुदायिक वनमा रामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारा, उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धि उपचार गराउन गएकी ती किशोरीलाई क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्