Techie IT
शुक्रबार, मंसीर १२,२०७७

अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित ४ जना पक्राउ


काठमाडौं,साउन २०

पर्साको वीरगंज महानगरपालिका-२८ स्थित सडकबाट अवैध रुपामा भन्सार छली ल्याउँदै गरेका करिब ११ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका भैंसी सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-३२ परसवा बस्ने ३० वर्षीय संजय राउत, सोही महानगरपालिका(२८ बगही बस्ने ४२ वर्षीय संजय गिरी, पर्सा साविक औराहा गाविस-८ सिसई बहुअरी बस्ने ३२ वर्षीय जंग बहादुर राउत र सोही ठाउँ बस्ने ३५ वर्षीय वीर प्रसाद यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना।४ च ८३९४ नम्बरको गाडीमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित फेला पारी गाडी चालक संजय र गाडीमा सवार अन्य ३ जनालाई पक्राउ गरेको हो ।उनीहरुलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्