Techie IT
शनिबार, मंसीर २०,२०७७

धनुषामा फेरि ७ दिन लकडाउन थपियो


जनकपुरधाम, भदौ ८
धनुषामा थप एक साताको लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । यो चौथो पटक थप गरिएको निषेधाज्ञा हो । जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आइतबार राति १२ बजेदेखि लागू हुनेगरी चौथो पटक निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

आइतबार राति १२ बजे पछिल्लो निषेधाज्ञाको अवधि समाप्त हुन लागेपछि फेरि थप एक साताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बिहान १० बजेसम्म अत्यावश्यक खाद्यान्न, दुध, तरकारी, फलफूललगायतका पसलहरू बिक्रेताले अनिवार्यरूपमा सामाजिक दूरीसहित मास्क, पञ्जा र सेनिटाइजर प्रयोग गरी सञ्चालन गर्न पाइने छ । साथै ग्राहकले अनिवार्यरूपमा मास्क लगाएर पसलमा जानुपर्ने र उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनुपर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्