Techie IT
१८ माघ २०७९, बुधबार

करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न धनमाल चोरी


काठमाडौं ।

बर्दियाको गुलरिया नगरपालिका-११ ईन्द्रपुर बस्ने राजाराम थारु लगायत ४ जनाको घरबाट नगद, सुनचाँदी, बिभिन्न कम्पनीका मोबाईलहरू गरी करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।

चोरी गर्ने ब्यक्तिहरुले धारिलो हतियारले प्रहार गर्दा घाइते भएकी सोही ठाउँ बस्ने ५५ वर्षीया पन्नी थारुलाई उपचारको लागि नेपालगञ्ज पठाईएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्