Techie IT
१८ माघ २०७९, बुधबार

सवारी दुर्घटनामा परी मृत्यु


काठमाडौं ।

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित सडकमा ना.५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय बिष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालक राप्ती गाउँपालिका-६ बस्ने ५० वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका-७ जबरपुरस्थित सडकमा रोकी राखेको ना.४ ख ८३३७ नम्बरको ट्रकमा रा.४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय रबिन डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रबिनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय सिरिन्ज भण्डारीको सोही प्रतिष्ठानमा उपचार भईरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका-२ दन्दरस्थित सडकमा लु.१ क ३९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सुकमाया परियारको ३ वर्षीय छोरा कृष परियारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्