Techie IT
१७ माघ २०७९, मंगलबार

आगलागीबाट करिब २७ लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं ।

बाँकेको नरैनापुर गाउँपालिका-६ चौबिसबिगाहा बस्ने चिल्लर यादबको कच्ची घरमा मंगलबार दिउँसो आगलागी हुँदा आगो बस्तीमा समेत फैलिएर यादब समेतका ६ वटा घरहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तनहुँको देवघाट गाउँपालिका-२ जरमटार जलकेनी स्थित जंगलमा लागेको आगोबाट सोही ठाउँ बस्ने मिन बहादुर थापाको घर र भान्साकोठा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका-९ ब्रहमस्थान बस्ने राज कुमार महतोको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर र नगद ३ लाख ५० हजार रुपैयाँ समेत जलेर करिब ९ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

साथै उक्त आगोले सोही ठाउँ बस्ने जोगिन्द्र महतोको घरको काठको रेलिङ समेत जलेर करिब ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्