Techie IT
१७ माघ २०७९, मंगलबार

मृत अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको टोखा नगरपालिक-३ मेघासिटी हाईटस्थित निर्माणधिन घरको सेफ्टी ट्याङ्कीभित्र काठमाडौं सामाखुसी बस्ने प्युठान मल्लरानी गाउँपालिका-३ घर भएका ४८ वर्षीय कृष्ण मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-१३ टंकेश्वारस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । धादिङ, थाक्रे गाउँपालिका-७ रैराङस्थित रैराङ लघुबिद्युत आयोजनाको ड्याममा सोही गाउँपालिका(८ बाच्छाला बस्ने ३६ वर्षीय राजकुमार तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१० पड्डाहा बस्ने ५१ वर्षीय गणेश बहादुर केसी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका-१३ हर्रे बस्ने ४२ वर्षीय गोकर्ण बहादुर कामी सोही ठाउँस्थित सेतिदेवी सामुदायिक जंगलको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट निस्केका उनी नफर्केपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ मुकारे बस्ने ६० वर्षीय नन्दराम वली आफ्नै घरमा सुतिरहेकोमा घाँटीमा धारिलो हतियार प्रहार भई मृत्यु भएको अवस्थामा बुधबार बिहान फेला परेका छन् । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिई गएको छ ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्