सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहा पेट्रोल पम्पनजिक सडकमा को.३३ प ७७१६ नम्बरको मोटरसाइकललाई ना.७ ख ९३३९ नम्बरको ट्रकले मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार कंचनरुप नगरपालिका-५ बस्ने २० वर्षीय देब कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय प्रदिप मुखिया समेत सामान्य घाइते भएका छन् ।
प्रदिप मुखिया, ट्रक चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्