Techie IT
१७ माघ २०७९, मंगलबार

अवैध हातहतियार सहित पक्राउ


काठमाडौं ।

पर्साको वीरगंज महानगरपालिका-१३ श्रीपुर हुलाकी रोडबाट १ थान गोली नभएको पुरानो कटुवा पेस्तोल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२४ सिर्सिया बस्ने २७ वर्षीय दिपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता रहेका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुलीको मरिण गाउँपालिका-५ चौकीडाँडाबाट एकनाले भरुवा बन्दुक १ थान र करिब १ पाउ बारुद सहित सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर मिक्चनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गस्तीमा खटिएको प्रहरीले लाल बहादुर र सोही ठाउँ बस्ने २२ वर्षीय अबिनास वाईवालाई भरुवा बन्दुक सहित देखि नियन्त्रणमा लिने क्रममा अबिनास वाईबा उक्त बन्दुक फायर गर्दै भागेको र लाल बहादुर मिक्चनलाई प्रहरीले पक्राउ गरेको हो ।

तत्काल खोजी गर्नेक्रममा चौकीडाँडा जंगलको घारीमा फालिएको अवस्थामा बुधबार बिहान थप १ थान एकनाले भरुवा बन्दुक प्रहरीले फेला पारी बरामद गरेको छ । हाल फरार रहेका अबिनास वाईबाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्