Techie IT
१८ माघ २०७९, बुधबार

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी बस्ने झापा दमक नगरपालिका-४ घर भएका ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी टुसाल चोक बस्ने ३७ वर्षीय प्रभु कृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

होटलमा खाजा खाने क्रममा साथी साथी बिच झगडा हुँदा प्रभु कृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले प्रभु कृष्ण र दिवाकरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पदमलाई उपचारको लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्