Techie IT
१७ माघ २०७९, मंगलबार

निकुञ्जले नमान्दा बीच सडकमा रुख राखेर कालोपत्रे


काठमाडौँ ।
चितवन राष्ट्रीय निकुञ्जले सालको बोट काट्न नदिँदा सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेको छ ।हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण बीच सडकमा रुख राखेर कालोपत्रे गर्नुपर्ने अवस्था आएको हो ।

सडकखण्ड क्षेत्रमा पर्ने रूख कटानका लागि पटक पटक इजाजत माग्दा निकुञ्जले अनुमति नदिएपछि बीच सडकमा सालको रूख छाडेर कालोपत्र गरिएको निर्माणकर्ता कम्पनीले बताएको छ ।ठोरी गाउँपालिका-३ स्थित शिकारीबास पुल नजिकै दुईवटा सालको रुखलाई बीच सडकमा पारेर कालोपत्रे गरिएको हो।

यसअघि कैलालीलगायतका अन्य जिल्लामा पनि बीच सडकमा रुख छाडेर सडक कालोपत्रे गरिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकमा यस्तो लापारबाही हुनु हास्यास्पद भएको छ ।वीरगञ्जदेखि ठोरीसम्मको उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरी हुलाकी सडक आयोजना कार्यालयले दुई ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको थियो ।

वीरगञ्जदेखि चमरीहोलसम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । भने चमरीहोलदेखि ठोरीको चौतरासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनलाई दिइएको थियो ।

बीच सडकमा रुख राखेर कालोपत्रे गरेको कालिका बानियाँ जेभी कन्सट्रक्सनले ३० किलोमिटरमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम सकिएको छ ।बाँकी ५ किलोमिटर सडक निर्माणको काम चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेका रोकिएको निर्माणकर्ता कम्पनीले जनाएको छ ।

त्यसैगरी वडा नम्बर २ स्थित व्यारेक डाँडामा पनि एउटा रुखलाई सडकको बीचमा पारेर कालो पत्रे गरिएको छ ।ठोरी गाउँपालिका अन्तर्गत वडा नम्बर १–४ सम्म गरी सडकखण्डमा पर्ने करिब डेढ दर्जन रुख काट्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्