Techie IT
१७ माघ २०७९, मंगलबार

सिरक डसना उद्योगमा आगलागी


चितवन
सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट रु. सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले राससलाई जानकारी दिए । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्