Techie IT
१७ माघ २०७९, मंगलबार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्