आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं ।
पाँचथरको फालेलुङ गाउँपालिका-१ कुटिडाँडा बस्ने धनपति अधिकारीको घरमा गाईको खोले पकाउन बालेको आगोबाट मंगलबार बिहान आगलागी हुँदा घर, गाई गोठ, नगद १० लाख ५७ हजार रुपैयाँ, सुनचाँदी तथा अन्य सरसामान गरी करिब ७७ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्