Techie IT
१७ माघ २०७९, मंगलबार

तास खेलिरहेको अवस्थामा पक्राउ


काठमाडौं ।

पर्साको बहुदरमाई नगरपालिका-९ बिश्रामपुरस्थित बेचु साहको मसुरोबारीमा तास खेलिरहेको अवस्थामा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय रमेश राउत कुर्मी र ३० वर्षीय लालबाबु प्रसाद रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर (जुवा) अन्तर्गत मुद्दामा अनुसन्धान अगाडि बढाइएको तथा जुवा खेलाउने र खेल्ने अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्