Techie IT
१७ माघ २०७९, मंगलबार

मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु


काठमाडौँ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताह (गिदखोरा) मा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ पिपरापूर्व बस्ने अन्दाजी २० वर्षीय देवकुमार चौधरी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

राससका अनुसार भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्