भारत र इंगल्यान्ड बीचको पहिलो एक दिवसीय क्रिकेटमा भारतको विजयी सुरुवात

काठमाडौँ ।
भारत र इंगल्यान्ड बीचको पहिलो एक दिवसीय क्रिकेटमा मंगलबार भारतले बिजयी सुरुवात गरेको छ । भारतको पुनेमा भएको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो। शिखर धवन र रोहित शर्माले राम्रो ओपनिङ साझेदारी गरि इंगल्यान्डलाई भारतले ३१८ रनको लक्ष्य प्रतुत दिएको थियो ।
भारतका लागि ओपनर ब्याट्सम्यान शिखर धवनले ९८ रनको सानदार पारि खेलि रन जोडे। अर्का ओपनर रोहित शर्मा २८ रनमा आउट हुँदा कप्तान विराट कोहलीले ५६ रन बनाए।
श्रेयस इयर ६ रन र हार्दिक पाण्ड्या १ रनम आउट हुदा, केएल राहुलले नटआउट ६२ रन र डेब्यू खेलाडी क्रुनाल पाण्ड्याले नटआउट ५८ रनको बिष्पोटक पारि खेली रन जोडे।
इंग्ल्यान्डकाको बलिङमा बेन स्टोक्सले ३ विकेट लिए भने मार्क उडले २ विकेट लिएका थिए । भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२.१ ओभरमा २५१ रनमा अलआउट भएको थियो।
इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बायस्टोले ९४ रन र ओपनर जासन रोएले ३५ बलमा ४६ रन जोडेका थिए । दुईबीच १३५ रनको ओपनिङ साझेदारी भएपछि इंग्ल्यान्डले गतिलो सुरूवात गर्न सफल भयो। त्यसपछि बेन स्टोक्स १ रन र जोस बटलर २ रनमै आउट भए। कप्तान इयान मोर्गानले पनि २२ रन भन्दा बढी जोड्न सकेनन्।
बलिङमा भारतका डेब्यू खेलाडी प्रसिद्ध कृष्णाले ४ विकेट लिए। उनले ८.१ ओभरमा १ मेडन राख्दा ५४ रन खर्चिए। यो भारतका लागि डेब्यू खेलाडीले गरेको उत्कृष्ट बलिङ हो।
शार्दूल ठाकुरले ३ विकेट हात पार्दा भुवनेश्वर कुमारले २ विकेट र अर्का डेब्यू खेलाडी क्रुनाल पाण्ड्याले १ विकेट लिए। यो सँगै भारतले मंगलबार पुनेमा भएको पहिलो एकदिवसीय खेलमा इंग्ल्यान्डमाथि ६६ रनको जित निकालेको हो।
तपाईको कमेन्ट लेख्नुहोस्