Techie IT
१७ माघ २०७९, मंगलबार

एक नम्बर प्रदेश सरकारले भारतको जेलमा ४० वर्ष विताएका दुर्गाप्रसादको उपचार र क्षतिपूर्तिको पहल गर्ने


काठमाडौं ।

एक नम्बर प्रदेश सरकारले भारतको जेलमा ४० वर्ष जेल जिवन विताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार र भारत सरकारसाग क्षेतिपूर्तिको पहल गर्ने भएको छ ।इलामको माइ नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने र दुर्गाप्रसादको परिवारर्ले क्षतिपूर्ति मागे दिनु भन्ने कोलकत्ता उच्चा अदालतको आदेशबमोजिम प्रदेश सरकारबाट पहल गरिने स्रोतले जनाएको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहल गर्ने निर्णय भएको भएको जनाएको छ । ४० बर्षको भारतीय जेल जीवनपछि कोलकत्ता उच्च अदालतको फैसलापछि गत आइतबार दुर्गाप्रसाद इलाम आएका हुन् । उनको परिवारलाई प्रदेश सरकारकोसामाजिक बिकाश मन्त्रालयमा सम्पर्क गरेर दुर्गाप्रसादको उपचार प्रकृया अगाडी बढाउन प्रदेश सरकारले आव्हान गरेको छ । साथै उनको नागरिकताको लागि पनि वडा कार्यालयको सिफारिस लिएर आउन प्रशासन कार्यालयले भनेको वुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्