Techie IT
१८ माघ २०७९, बुधबार

नेपालको भूमि मिचेर भारतले तटबन्ध बनाएकोबारे संसदमा उठ्यो आवाज


काठमाडौं ।

नेपालको भूमि मिचेर भारतले एकतर्फी तटबन्ध बनाएको विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आवाज उठेको छ । दार्चुलाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा भारतले एकतर्फी रुपमा तटबन्ध बनाएको भन्दै सांसदहरुले विरोध गरेका हुन् ।

मंगलबारको संसद बैठकमा समय लिएर कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल सरकारलाई जानकारी नदिई भारतले तीन महिनादेखि तटबन्ध बनाइरहेकोले भन्दै त्यो काम रोक्नुपर्ने बताए।यस विषयमा त्यस क्षेत्रका प्रमुख जिल्ला अधिकारीले पनि धयानाकर्षण गराउँदा पनि एकतर्फी तटबन्द बनाउँने काम नरोकिएपछि यस विषयमा सरकारी स्तरबाट पहल हुनु पर्ने बताएका छन् ।

६ वर्ष पहिले बाढी आउँदा एक हजार ४७ रोपनी जग्गा खोलाले बगाएको र नेपालको ३५ हेक्टर जमिन भारततर्फ पुगेको बताए ।
सीमा क्षेत्रमा केही संरचना बनाउँदा दुवै देशको सहमति हुनुपर्ने र जानकारीमा हुनुपर्ने माइन्युट २०१३ मै गरिएको भन्दै उनले एकतर्फी रूपमा भारतले बनाइरहेको संरचना तत्काल रोक्नमा सरकारको पहल हुनु पर्ने माग गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्