Techie IT
१८ माघ २०७९, बुधबार

काठको पुल बनाउने क्रममा खसेर एक जनाको मृत्यु


काठमाडौं ।

मुगुको मुगम कमारोङ गाउँपालिका-५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामाको काठको पुल बनाउने क्रममा पुलबाट खसेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि २ सय मिटर टाढा उनको शव फेला पारेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्