मृत अवस्थामा फेला

काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ उत्तरबाहिनीस्थित सप्तऋषि मन्दिर परिसरमा सोही नगरपालिका-४ गोकर्ण नाम्गेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएकी ४८ वर्षीया धावा लामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । उदयपुरको कटारी नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने रुपन्देही बुटवल उपमहानगरपालिका-१० घर भएका ४३ वर्षीय केशब खनाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका-१ डाँडा टोलस्थित खाली घरभित्र हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्