Techie IT
१७ माघ २०७९, मंगलबार

मानव बेचबिखन गर्न खोजेको अभियोगमा पक्राउ


काठमाडौं ।

२८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा बर्दियाको मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका-८ लालीबजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्