यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं ।
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्