Techie IT
१८ माघ २०७९, बुधबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ रामपुरबाट करिब ३ ग्राम ३८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ७ बोतल कोरेक्स र ५० ग्राम अवैध लागूऔषध गाँजा सहित त्रियुगा नगरपालिका-१३ बस्ने ३० वर्षीय खगेन्द्र राई लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट र १ हजार ट्याब्लेट ट्रामबेल सहित रोल्पा भाडी गाउँपालिका-६ कोचोवाङ बस्ने २५ वर्षीय नरेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ टेढास्थित सडकबाट करिब २० केजी अवैध लागूऔषध गाँजा सहित पर्सा सुगौली पटेर्वा बस्ने ३६ वर्षीया प्रमिला मुसहरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्