Techie IT
१७ माघ २०७९, मंगलबार

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्की भयो तनावग्रस्त

सवारी साधनबाट जानी जानी मान्छे मार्नेविरुद्ध कडा कानुन बनाउन सरकारलाई दबाव


काठमाडौं ।

कैलालीको लम्कीमा बबसले ठककर दिंदा एक युवतीको मृत्यु भएपछि अहिले त्यस क्षेत्र तनावग्रस्त भएको छ ।मंगलबार विहान भएको दुर्घटनामा मृतकका आफन्तले आक्रोसित भएर नाराबाजीसहित सडक अवरुद्ध गरेपछि अहिले त्यस क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको विरोधमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेर प्रर्दशन गरिरहेका छन्। प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्कीमा घेराउ गरेका छन्।

मंगलबार बिहान लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्र तनाववग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बलसमेत प्रयोग गरेको स्थानिय स्रोतले जनाउको छ ।

यसरी दिनैपिच्छे दर्जनौं मानिसहरु सवारी दुर्घटनाका कारण मृत्यु वरण गरिरहेका हुन्छन् । यसरी सवारी साधन दुघर्टना गराउनेहरु सहजै छुटकारा पाउने कानुनका कारण बढी दुर्घटना हुने गरेका छन् र सरकारले यस तर्फ बेलैमा ध्यान दिएर सडक दुर्घटना गराउने विरुद्ध कडा कानुनको व्यावस्था गरेमा सडक दुर्घटनामा कमि आउने स्थानियको सूझाव छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्