नियन्त्रित लागूऔषधसहित पक्राउ

सर्लाही, ७ भदौ
गोडैता नगरपालिका-४ रोहवास्थित सडकबाट ९० बोतल नियन्त्रित लागूऔषध वालरेक्ससहित बसवरिया गाउँपालिका-३ बस्ने २६ वर्षीय विकाश कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा.१९ प ५३५२ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट उक्त परिमाणकोलागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्