Techie IT
शुक्रबार, असोज ९,२०७७

नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण, ३१ हजार ९३५ पुगे संक्रमित !


काठमाडौं,भदौ ७
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा आइतबार थप ८ सय १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्