Techie IT
सोमबार, असोज १२,२०७७

२२ बर्षदेखि बन्द रहेको पोखराको भूत घर


काठमाडौं,भदौ ७

पोखरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा रहेको भूत घरको नामले चिनिएको घर विगत २२ बर्षदेखि बन्द अवस्थामा रहेको छ ।

करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ । घर बनाएपछि उक्त घरमा कोही पनि बसेनन् र अहिले उक्त घर भूत घरको नामले चर्चित छ ।

स्थानीय तिलोचन दाहालका अनुसार जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन् । जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई बस्न तथा भाडामा समेत दिएनन् । घर कुर्नका लागी केही ब्यक्ति राखिएपनि घरले संरक्षण पाएन र घर जिर्ण बन्दै गयो । गाँजा खाने र लागुऔषध लिनेहरुले घरलाई दुरुपयोग गर्न थाले ।

बाटो नजिकै भएकाले ढुंगाले समेत घरहरुमा प्रहार गर्न थाले र घरका सिसा र झ्यालहरु फुटे । हाल हेर्दा घर निकै पुरानो र डरलाग्दो छ । डरलाग्दो भएकाले नै उक्त घरलाई केही ब्यक्तिहरुले भूत घर भन्न थाले अहिले त्यही नै भनिन थाल्यो स्थानीय तथा उक्त घरका हेरालो दाहाल बताउँछन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्