Techie IT
९ कात्तिक २०७८, मंगलबार

स्वर्णिम सारथिद्वारा एकल महिलालाई रातो दोसल्ला प्रदान


सोलुखुम्बु, भदौ ७
सोलुखुम्बुका १० जना एकल महिलालाई ‘रातो दोसल्ला’ प्रदान गरिएको छ । तीजको कोसेलीस्वरुप जिल्लामा क्रियाशील स्वर्णिम सारथि संस्थाले एकल महिलालाई दोसल्ला प्रदान गरेको हो । एकल महिलाले रातो रंग प्रयोग गर्न नहुने परम्परागत मान्यतालाई त्याग्नुपर्ने भन्दै संस्थाले रातो दोसल्ला उपहारस्वरुप प्रदान गरेको संस्थाकी अध्यक्ष माया शेर्पाले बताइन् । सोही अवसरमा उनीहरुलाई कोरोना राहतस्वरुप चामलसमेत प्रदान गरिएको संस्थाले जनाएको छ ।

दोसल्ला तथा राहत वितरण कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाकी उप–प्रमुख कल्पना राई, जिल्ला समन्वय समितिकी सदस्य दाडोमा शेर्पा, महिला अधिकारकर्मी मोहनकुमारी कार्कीलगायतको उपस्थिति रहेको थियो । कोरोनाले समस्या भइरहेको समयमा राहत प्राप्त गर्दा केही मात्रामा सहज भएको महिलाहरुले बताएका छन । संस्थाले स्थानीयलाई मास्क समेत वितरण गरेको थियो । महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्वर्णिम सारथिले लकडाउन अवधिमा सयौं विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग समेत गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्