Techie IT
मंगलबार, फागुन १८,२०७७

डुबी, बगाई मृत्यु


काठमाडौं,भदौ ७

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित चाईनिज इँटाभट्टाको पानी पोखरीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर उदयपुर बेलका नगरपालिका-३ घर भई सोही इँटाभट्टामा काम गर्ने ३१ वर्षीय बिनोद राईको मृत्यु भएको छ । डुबेर बेहोस भएका राईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, मेचीनगर नगरपालिका-४ स्थित मेची खोलाको बाहुनी झोडा खोल्सीमा डुबेर भारत घर भई सोही स्थान बस्ने ५० वर्षीय राजेश मुर्मु सतारको शनिबार मृत्यु भएको छ ।

चितवन, राप्ती नगरपालिका-१३ स्थित खोलाले बगाएर सोही नगरपालिका मरङ बस्ने उमेश प्रजाकी १२ वर्षीया छोरी सम्झाना प्रजाको शनिबार मृत्यु भएको छ । शुक्रबार खोला तर्ने क्रममा बगाई वेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थल नजिकै शव फेला परेको हो ।

यसैगरी भरतपुर महानगरपालिका-२७ स्थित ईनारमा डुबेर सोही स्थान बस्ने ८७ वर्षीय डिल्लीराम आचार्यको शनिबार मृत्यु भएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्