Techie IT
बिहीबार, असोज ८,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भदौ ७

बैतडी, पाटन नगरपालिका-४ कुणी कल्तडीको जंगलको भीरमा सूर्नया गाउँपालिका-२ चिल्लेपानी बस्ने ७९ वर्षीय नरिभान ऐर शनिबार मृत अवस्थामा फेला परेका छन् । गत साउन २६ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त भीरमा शव फेला परेको हो ।

कैलाली, भजनी नगरपालिका-३ दैलेखी टोलस्थित सडक छेउमा सोही स्थान बस्ने २४ वर्षीय सागर कुमार कडायत शनिबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, कुशे गाउँपालिका-१ तारेचौरस्थित सैयाखोलाको ढुंङ्गामा अड्किएको अवस्थामा सोही गाउँपालिका(२ बस्ने २२ वर्षीय प्रेम परियारको शव शनिबार फेला परेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्