कुटपिट गरी नगद लुटपाट

काठमाडौं,भदौ ७
बाराको विश्रामपुर गाउँपालिका-२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका-१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद शनिबार दिउँसो लुटपाट भएको छ ।
यादवले भैंसी किन्न भनी उक्त नगद लिई हिँडेकोमा फेटा गाउँपालिका-२ कान्तिपुर बरैनिँया बस्ने २१ वर्षीय मनोज यादव समेत ५ जनाले कुटपिट गरी घाइते बनाई उनको रकम लुटेर फरार भएका हुन् ।
कुटपिटबाट घाइते भएका यादवको नेशनल मेडिकल कलेज बीरगंजमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्