Techie IT
शनिबार, मंसीर १३,२०७७

१६ लाख रुपैयाँ बरामद


काठमाडौं,भदौ ७

बाराको महागढीमाई नगरपालिका-७ बेनौलीस्थित सडकबाट शनिबार बिहान प्रहरी चौकी तेलकुवाको प्रहरीले नगद १६ लाख रुपैयाँ बरामद गरेको छ ।

पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा राखेको अवस्थामा १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको हो ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्