नियन्त्रित लागूऔषध बरामद

काठमाडौं,भदौ ७
सर्लाहीको हरिवन नगरपालिका-५ घुर्कौलीबाट नियन्त्रित लागूऔषध १ सय १ बोतल डाईलेक्स डिसी, १ सय ९८ बोतल वयरलेक्स, ९ सय थान नाईट्रोभेट र २ सय थान स्पास्मो आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय हरिबनबाट खटिएको प्रहरीलाई देखी बा.६२ प ४६४१ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित बरामद गरिएको हो ।
फरार व्यक्तिको खोजी गर्ने क्रममा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्