भरुवा बन्दुक बरामद

काठमाडौं,भदौ ७
गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेबाट १ थान एकनाले भरूवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँ बस्ने ५० वर्षीय पुने गिरीको घर नजिकैको गोठमा मकैको खोस्टा मुनी प्लास्टिकले बेरेर लुकाई राखेको अवस्थामा उक्त बन्दुक देखेपछि पुनेले प्रहरी चौकी अर्खाबाङमा खबर गरेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्