तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं,भदौ ७
ललितपुरको ललितपुर महानगरपालिका-२३ इसिमोडस्थित राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेको अवस्थामा महर्जन समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७९ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्