Techie IT
२ जेठ २०७८, आईतबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं,भदौ ७

ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्