Techie IT
शुक्रबार, मंसीर १२,२०७७

विकास निर्माणमा फड्को मार्दै पाल्पाको बगनासकाली


पोसकान्त पोखरेल
बुटवल, भदौं ७

”सुन्दर शान्त समृद्ध बगनासकाली गाउँको सार, आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार विकासको मूल आधार” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढेको पाल्पाको बगनासकाली गाउँपालिका पछिल्लो समयमा पाल्पामा चर्चामा रहेको गाउँपालिका हो । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध भएको गाउँपालिकाको रुपमा चिनिने बगनासकालीका जननिर्वाचित गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालको जनमूलक कार्यशैलीको कारणले पाल्पामा बगनासकाली गाउँपालिका दिन÷प्रतिदिन चर्चाको स्थानिय तह बन्दै गएको छ । जनताका समस्याहरुमा यथासक्य रुपमा मल्हम लगाएर समाधानका बाटाहरु खोज्ने प्रमुख विशेषता बोकेको उक्त गाउँपालिकाले पछिल्ला तीन बर्षमा समृद्ध गाउँपालिका निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको छ । समयको माग अनुसारको परिवर्तन र जनताका समस्यालाई दु्रत गतिमा समाधान गर्दै अगाडी बढेको गाउँपालिकाको राजनीतिलाई गौण राखेर विकास निर्माणका कामहरु अगाडी बढाउनु अर्को विशेषता हो ।

जिल्लाको ऐतिहासिक नगर अन्र्तगत तानसेन बजारबाट सात किमि उत्तरमा रहेको गाउँपालिकाले पछिल्लो समयमा चौतर्फी क्षेत्रको विकासलाई विशेष जोड दिएको छ । साविकका नौं वटा गाउँविकास समितिहरुलाई नौं वार्डमा समायोजन गरी नेपाल सरकारको २०७३/११/२७ को निर्णय अनुसार स्थापना भएको गाउँपालिकामा विभिन्न कला, सँस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ । धेरै भन्दा धेरै उर्वर कृषि भूमि, सामूदायिक वन क्षेत्र, दुर्लभ वन्यजन्तु र चराचुरुगीहरु रहेको गाउँपालिकामा कुमाल, बोटे तगायत बाहुन, क्षेत्री, मगर, तथा दलित जातिय बाहुल्यता रहेको छ । कृषि तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको परिवर्तन गर्न प्रमुख सम्भवना देखिएको गाउँपालिकाको विकासमा तीनै क्षेहरुलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरु अगाडी बढाईएको छ । ८४ दशमलव १६ बर्ग कि.मि. क्षेत्रफल रहेको गाउँपालिकाको जनसंख्या ३१ भन्दा बढी रहेको छ । बगनास देविस्थान, दर्लम महाकाली, . महामृत्युन्जय सिवासन क्षेत्र, सुनगुफा रामनदी धाम, मालारानी, रानीमहल, ऋषिकेशेस्वर मन्दिर जस्ता धार्मिक तथा ऐतिहासिक पर्यटकीय महत्व बोकेको गाउँपालिकाको विकासमा जननिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरु निरन्तर लागि परेका छन् ।

व्यावसायिक कृषिमा लाग्न चाहने युवाहरुलाई शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलब्ध गराउँदै आएको गाउँपालिकामा पछिल्लो समयमा कृषि क्षेत्रपनि फस्टाउँदै गएको छ । कृषि विकासका लागि गाउँपालिका स्तरबाट विभिन्न योजनाहरु कार्यन्वयनमा ल्याएको गाउँपालिकाले मौसमी तथा बेमौसमी खेतीको लागि उपयुक्त भूमि पहिचाहन, कृषि उत्पादन बजारीकरण व्यवस्था, विभिन्न अनुदान तथा सहुलियतका कार्यक्रमहरु, कृषि उत्पादनमा ढुवानीको लागि प्रति केजी दुई रपैयाँ अनुदानको व्यवस्था, नश्ल सुधार र गोठ व्यवस्थापनका लागि आवश्यक गतिविधीहरु, सिचांईको व्यवस्था, विउविजन र मलखादको सहज व्यावस्थापन, प्रमाणपत्र धितो राखेर ऋणको व्यवस्था, कृषि तथा पशुपालन सम्बन्धी तालिमको व्यवस्था लगायतका गतिविधीहरु गर्दै आएको छ । कृषि र पशुपालन क्षेत्रहरुलाई पकेट क्षेत्रको रुप कृषि विकास गरेको गाउँपालिकामा विशेष गरेर मौसमी तथा बेमौसमी तरकारी, मौरी पालन, कुरिलो, अदुवा, पशुपालन लगायतका विभिन्न कृषि उत्पादनहरु निर्यात गर्न सक्ने गरी उत्पादन हुने गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी गराए ।

खेतीयोग्य जमिन बाँझो रहने देशभरीको रोग भएको बताउँदै अध्यक्ष बस्यालले गाउँपालिकामा पनि बाँझो जमिनहरु धेरै रहेको बताउँछन् । बाँझो रहेको जमिनलाई उत्पादनमुखि बनाउनु स्थानिय सरकारको प्रमुख काम हो । बाँझो रहेका खेती योग्य जमिनहरु पहिचाहन गरी कम मिहेनत लाग्ने तेजपात, फलफूल जस्ता बोट विरुवाहरु रोप्ने योजना अनुरुप सञ्चालित छौं । किसानले मिहेनत गरेर खेतीपाती गर्ने तर भित्र्याउने बेलामा बाँदरले दुःख दिने हुँदा बाँदर व्यवस्थापन मुख्य चुनौतीको विषय बनेको छ । जंगली जनावरको बाच्न पाउने अधिकारले गर्दा किसानहरुले बर्षेनी नोक्सानी बेहोर्नु पर्छ । केही बाँदरलाई निकुञ्जहरुमा पठाएर व्यवस्थापन गरे पनि अझै ठुलो हुल बाँकी छ । क्रमश समस्या समाधान हुँदै गएपनि वर्तमान समयमा मुख्य समस्या बनेको, अध्यक्ष बस्यालले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले गुणस्तरिय शिक्षाका लागि विभिन्न खालका रणनीतिहरु अपनाउँदै आएको बताउँदै गाउँपालिकामा हालै मात्र एक प्राविधिक शिक्षालय स्थापना गर्न सफल भएको बताए । उनले तीन बर्षे शिक्षा रणनीति बनाएर शैक्षिक गुणस्तर बृद्धिलाई फोकस गरेको बताउँदै सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी आकर्षणलाई मध्यनजर गर्दै शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधी र कर्मचारी सम्मलित विभिन्न चरणहरुमा छलफलका कार्यक्रमहरु गर्दै आएको बताए । आन्तरिक आम्दानीका श्रोतहरु कम हुनुले आर्थिक रुपमा कमजोर भएको जानकारी गराउँदै श्रेष्ठले धेरै स्थानिय तहहरुमा नदीजन्य पदार्थ, व्यापार व्यावसायहरुबाट, उद्योग कलकारखाना धेरै हुँदा कर संकलन पनि बढी भएतापनि बगनासकाली गाउँपालिकामा अवस्था कमजोर हुँदा आन्तरिक आम्दानी बार्षिक करिब ४५ देखि ५० लाख रुपैयाँ सम्म हुने बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको भाईरसबाट जनतालाई बचाउनु स्थानीय सरकारको प्रमुख काम भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले कोरोना भाईरस संक्रमण नियन्त्रणमा सक्दो प्रयासहरु गरेको बताए । श्रेष्ठले भने – भाईरस नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सूचना प्रवाह, स्वास्थ्य सामाग्री वितरण, क्वारेण्टाईनको व्यवस्थापन, खाद्यन्न वितरण जस्ता कामहरु भएका छन् । क्वारेण्टाईनमा बस्नेहरुको नियमित स्वास्थ्य जाँच, स्वच्छ खानपानको व्यवस्था गर्नु पर्ने जिम्मेवारी पनि स्थानिय सरकारको काँधमा छ । बाहिरी जिल्लामा रहेका स्थानिय र यहाँ रहेका बाहिरी जिल्लाका सर्वसाधारणहरुलाई घर जान आउन चाहेको अवस्थामा सवारी साधनको व्यवस्था मिलाएर गन्तव्य स्थान सम्म पु¥याउने व्यवस्था पनि मिलाएका थियौं । संक्रमणकालिन अवस्थामा बाच्नु र बचाउनु सबैभन्दा उपलब्धीपूर्ण कार्य भएकोले सोही कार्यमा निरन्तर लागि परेका छौं ।

समृद्ध गाउँपालिका निर्माणमा सम्भावनाका श्रोतहरु पहिचाहन गरी ति क्षेत्रहरुको विकास गर्नु पहिलो आवश्यकताको विषय भएको बताउँदै श्रेष्ठले समृद्ध नेपाल निर्माणमा स्थानिय सरकारहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकोले बगनासकाली गाउँपालिका पनि सोही अनुसारको कार्यसम्पादनमा लागि परेको बताए । आर्थिक क्षेत्र बलियो नभए सम्म चाहे जस्तो विकास निर्माण गर्न कठिन हुने जानकारी गराउँदै सिमित श्रोत र साधनको परिधी भित्र रहेर सञ्चालित हुनु स्थानिय तहहरुको मुख्य समस्या भएको बताउँदै उत्पादनमूलक क्षेत्रहरुको विकासमा जोड दिनु पर्ने बताए । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #samachar

तपाईको कमेन्ट लेख्नुहोस्