Techie IT
मंगलबार, असोज १३,२०७७

अपाङ्ग आश्रमलाई सहयोग


काठमाडौं, भदौ ७
वोधिसत्व विहारले तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीस्थित रहेको अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । गन्तव्य नेपालको सहकार्यमा विहारले २५ अपाङ्ग बालबालिकालाई आश्रय दिएको इप्सा नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको हो । बोधिसत्व विहार मानव सेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । सो विहारले अपाङ्ग आश्रममा नगद रु. ५० हजार, २५० किलोग्राम चामल, ३० किलोग्राम दाल, ३० किलोग्राम गेडागुडी, १० किलोग्राम चिनी, दुई किलोग्राम मसलालगायतका सामग्री सहयोग गरेको छ ।

कार्यक्रममा विहारका सुप्रिम मास्टर हेगुवाङ शीले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा आफूले लिनेसमेत बताएका छन् । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले अपाङ्ग आश्रममा शौचालय र वाथरुमको असुविधा रहेकाले त्यसको निर्माणका लागि आफूले तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विहारले बन्दाबन्दीको समयमा हालसम्म नेपालका विभिन्न भागमा पुगेर चार लाखभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको विहार लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले राससलाई बताए । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ । गन्तव्य नेपालका प्रबन्ध निर्देशक सुमित्रा अधिकारीले विभिन्न सङ्घ संस्थाको सहयोगमा गन्तव्य नेपालले पत्रकारलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), प्रेस ज्याकेटलगायतका सामाग्री वितरण गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्